भूकम्पको धक्का

काठमाडौँ, ४ चैत । रसुवामा आज बिहान भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ४४ मिनेटमा रसुवाको जुरेढुंगा आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको हो ।

केन्द्रका अनुसार, यो धक्का ०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो । गोरखा भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ५९६ परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank