अर्थमन्त्री पुन र डेभलपमेन्ट बैंकर्स एसोसिएसनको टोलीबिच भेटघाट

काठमाडौँ, ३ चैत । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन ‘डेभपलमेण्ट बैंकर्स एसोसिएसन’ नेपालले अर्थमन्त्री वर्षमान पुनसँग भेटघाट गरेको छ ।

अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा गएको टोलीले देशको समग्र अर्थतन्त्रमा विकास बैँकहरुले पुर्‍याएको योगदानको बारेमा जानकारी गराएको बताइएको छ । भेटघाटका क्रममा अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासका लागि विकास बैंकहरुले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

भेटमा कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्ण रुपमा सहयोग गर्ने समेत बताए । उक्त भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरूका बारेमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति