नयाँ सरकार बनाउने धन्दामा कांग्रेस लाग्दैन : महामन्त्री शर्मा

काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताए । उनले कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुरयाउनेतर्फ नलाग्ने बताए । उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताए ।

शर्माले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारे । उनले कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भूमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाए ।

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा

काठमाडौँ, १८ बैशाख । आजदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी

काठमाडौँ, १८ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।