प्रहरको नवौँ एकल गजल साँझ–२०८०: पत्रकार गिरीलाई सम्मान

‘मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई
अँगालेर लासमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।’

साँझ ढल्किएर बाहिर अध्यारो छिप्पिदै गर्दा भक्तपुर दुवाकोटेको सिटी बैंङ्क्कवैटको हलभित्र भने गजलको गुञ्जनले दर्शकदीर्घा नतमस्तक बन्दै थियो । भक्तपुरका युवा गजलकार विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘नवाँै एकल गजल साँझ–२०८०’ मा प्रहरले सामाजिक विकृति र विसङ्गतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक गजलमा वाचन गर्नु भएको थियो ।

त्रिपुरा न्यूजको आयोजना तथा डिजिटल प्रिन्ट लिंक, चाँगुनारायण नगरपालिका, भक्तपुर अस्पताललगायत बिभिन्न निकायको सहयोगमा सम्पन्न गजल साँझमा गजलकार प्रहरले नौ वटा गजल वाचन गर्नु भएको थियो ।

‘मेरै छेऊ बसिदिदाँ, मुटु पनि टाल्न सक्छु,
निरंकुश हृदयको, तिम्रो सत्ता ढाल्न सक्छु,
मलाई सम्झी देश एक्लै, रोयो भने एकान्तमा
विकासको बाटोतर्फ, पाइला मेरै चाल्न सक्छु’

गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटकाबीच प्रहरले आफूले बिभिन्न कालखण्डमा रचना गरेको गजलहरु वाचन गर्नु भएको थियो भने गजल गायक तथा संगीतकार राज सागरले प्रहरका गजलमा संगीत भरेर गाउनु भएको थियो ।

प्रहरले नौ वटा गजल वाचन गर्दा गायक राज सागरले पाँच वटा गजल सुमधुर स्वरमा गाएर साङ्गीतिक माहोललाई अझै तताउनु भएका थिए । राज सागरलाई तबलामा अनन्त प्रसाद, बासुरीमा अमेश पण्डित, गितारमा राजकुमार सुनार र सञ्जु शाहीले साथ दिनु भएको थियो ।

राज सागले ‘अनायासै बाचा कसम तोड्यौ र त बौलाए म’, ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो’, ‘हाँसी हाँसी जिन्दगी यो बाँच्न कहाँ सजिलो छ’, ‘निसासिन्छ किन किन सास तिम्रो सहरमा’ लगायतको गजलहरु गाउदा दर्शकदीर्घा नकतमस्तक बनेको थियो ।

साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेको भक्तपुरमा प्रहरको कार्यक्रममा भने उपत्यकाका स्रष्टा एवं गजल पारखीको सहभागिता रहेको थियो । नेपालको शैक्षिक प्रणाली र अस्थिर राजनीतिक क्रियाकलापले बेरोजगारी बढेको र युवा विदेशिएकामा प्रहरले चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्साए ।

‘उब्जाएर बस्न पनि एक धुरको पाखो छैन
खाऊँ भने जागीर साथी फरियाको नातो छैन
योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन
मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन ।’

राजनीति र युवाको विदेश मोहप्रति प्रति चोटिलो व्यङ्ग्य गर्दै प्रहरले वाचन गरेको यो गजललाई भने तालीले निकै सम्मान दिएको थियो ।

‘परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश,
बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश ।
पराइको उक्साहटमा भाइभाइको लडाइँले,
घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश ।
कोट्याउँदै घाउ लगाउँदै छौ मल्हम,
फेरि भन्छ्यौ उल्टै भयो दुख्न अलि कम ।’

सागरका गजलमा ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ श्रव्यदृश्यसमेत सार्वजनिक गरिएको थियो ।

पत्रकार रमेश गिरीलाई सम्मान

साहित्य एवं पत्रकारितामा लामो समयदेखि योगदान पुर्या्उने साहित्यकार एवं पत्रकार रमेश गिरी ‘आशा’लाई नगद रु. ५००० हजारसहित सम्मान गरिएको छ । कार्यक्रममा उहाँलाई वागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सम्मान पत्र, कार्यक्रमका सभापति रामसुन्दर खायजुले दोसल्ला तथा त्रिपुरा न्यूजका प्रकाशक बिकास प्रहरद्धारा माला लगाई नगद प्रदान गर्दै सम्मान गर्नु भएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले समाचारको माध्यमबाट भक्तपुरलाई चिनाउन क्रियासिल रहदै आएका राससकर्मीको योगदानलाई कार्यक्रममा मूल्यांकन गरेको भन्दै समाचारमा सत्य, तथ्य र वास्तविकताको पहिचानलाई गिरीले कायम राख्दै आएको बताउनुभयो । उहाँले आफूसंगै पढेको साथी बिकास प्रहरको कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा त्रिपुरा न्यूजका प्रकाशक विकास प्रहरले साहित्य र पत्रकारितामा निरन्तर कलम चलाउदै आएका पत्रकारलाई सम्मान गर्ने सुरुवात त्रिपुरा न्यूजले गरेको बताउनुभयो । उहाँले पत्रकार एवं साहित्यकार गिरीको उपन्यास ऊ अझै मरेको छैनको बिमोचनमा आफू सहभागि हँुदा चर्चित उपन्यासका श्रष्टा गिरीलाई भेट्दा आफूलाई खुसी लागेको र अहिले उनीलाई सम्ममान गर्ने मौका मिलेको बताउनुभयो । कार्यक्रमका सभापति रामसुन्दर खाइजुले कार्यक्रममा सहभागिलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक