नेप्से परिसूचक आज पनि बढ्यो

काठमाडौँ, २५ पौष । उच्च अंकको वृद्धिसँगै कारोबार सुरु भएको नेप्से परिसूचक अन्तिम समयमा ‘करेक्सन’ हुँदै बन्द भएको छ । २०८४ अंकबाट सुरु भएको परिसूचक कारोबार अवधिमा २११५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा करेक्सन आउँदै २०८९ अंकमा पुगेर रोकिएको हो ।

परिसूचक ९.५० अंकले बढ्दा ११८ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यस्तै, ११८ वटै कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा आज ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्त र हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि आएको छ । यसबाहेक, थप ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, आज छिमेक लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ ।परिसूचक बढेपनि कारोबारमा आएका १३ मध्ये ७ समूहको सूचक घटेको छ । निर्जीवन बीमा समूह १५, जीवन बीमा समूह २८, लगानी समूह ०.५२ र जलविद्युत समूहमा १२ अंकको गिरावट आएको छ । यस्तै, होटल र पर्यटन समूह ४८ अंक, वित्त १.९० अंक र विकास बैंक समूह १९ अंकले घटेको छ ।

यसबाहेक ६ समूहमा भने सुधार आएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहमा ६६ अंकको वृद्धि देखिएको छ । यस्तै, लघुवित्त ३७ अंक र अन्य समूह ३४ अंकले बढ्दा बैंक समूह १३ अंकले बढेको छ । बजारमा पर्याप्त तरलता बढेपछि परिसूचक योसहित लगातार तेस्रो दिन बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्