कांग्रेस संसदीय दल नेता परिवर्तन गरौं: महामन्त्री थापा

काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो पार्टीको संसदीय दल नेता परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन् ।

संस्थापनइतर समूहले बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरेको बैठकमा बोल्दै महामन्त्री थापाले २०८२ मा १५ औं महाधिवेशन सुनिश्चित गर्न पनि संसदीय दल नेता परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले अब पनि सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न दिने हो भने ०८२ मा महाधिवेशन नहुने परिस्थिति बन्ने बताएका हुन् । अहिले संसदीय दल नेता परिवर्तन गर्न सके समयमै महाधिवेशन गर्न दबाब पुग्ने थापाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank