एकीकृत समाजवादीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने 

काठमाडौँ, १९ मंसिर । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले विधानका केही व्यवस्था हेरफेर गर्न सम्मेलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्नेछ । पुसको ९ गते स्थायी, पुस १० गते पोलिट्ब्युरो, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार राष्ट्रिय सम्मेलनमा विधानको केही व्यवस्थाबारे छलफल गर्नका लागि उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको एक कार्यदल पनि बनाइएको छ ।

पार्टीको महाधिवेशन आगामी ०८१ जेठ ३–७ गतेसम्म गर्ने निर्णय भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय प्रतिवेदन मस्यौदा समिति बनाइएको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई