राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी आफ्नो संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणका एजेन्डाका विषयमा जानकारी गराएका छन् । 

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार राष्ट्रपति पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन आग्रह गरेका छन् । 

नेपालले लाभ लिने परिस्थिति सृजना गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा