४ महिनामा काठमाडौँ महानगरको राजस्व संकलन २ अर्ब ९२ करोड

काठमाडौँ, १० मंसिर । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिकमा काठमाडौँ महानगरपालिकाले २७ दशमलव ११ प्रतिशत राजस्व संकलन गरेको छ । 

साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागले जनाएको छ । काठमाडौँ महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो । प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएकोमा २९ लाख ४० हजार उठाएको हो ।

१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख रुपैयाँ अर्थात २७ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएकोमा पहिलो चौमासिकमा ५२ करोड ४७ लाख रुपैयाँ अर्थात ५२ दशमलव ४८ प्रतिशत राजस्व उठेको थियो । यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख अर्थात ३० दशमलव ८० प्रतिशत राजस्व संकलन भएको छ । यही शीर्षकमा गएको वर्ष २ अर्ब लक्ष्य राखिएकोमा ४० प्रतिशत अर्थात् ७८ करोड ३७ लाख संकलन भएको थियो ।

यस वर्ष १ अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख रुपैयाँ अर्थात ९.१० प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको पहिलो चौमासिकमा ११ करोड ६८ लाख ३५ हजार राजस्व संकलन भएको थियो ।

यस्तै महानगरले पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख अर्थात् लक्ष्यको ५९ दशमलव ११ शुल्क आम्दानी भएको छ । यस्तै अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा महानगरले चौमासिक अवधिमै ५० लाख ९६ हजार राजस्व संकलन गरेको हो । यसअवधिमा नाता प्रमाणित दस्तुरबाट १७ लाख ७४ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ७५ लाख ७६ हजार ४३ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ राजस्व संकलन भएको काफ्ले बताए । महानगरले यस अवधिमा नाता प्रमाणित दस्तुरबाट ५० लाख रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट २ करोड रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

महानगरमा पहिलो ४ महिनामा विज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार रुपैयाँ प्राप्त भएको छ ।यससँगै महानगरपालिकाले पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँटतर्फ वन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने व्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्