बजेट प्रतिस्थापन विधेयकमा नीतिगत समर्थन छ: एमाले

काठमाडौँ, ९ मंसिर । कोसीका मुख्यमन्त्री केदार कार्कीले ल्याएको बजेट प्रतिस्थापन विधेयकलाई नेकपा (एमाले)ले समर्थन गरेको छ । एमाले कोसी संसदीय दलका नेता हिक्मत कार्कीले बजेट विधेयकमा नीतिगत समर्थन रहेको बताए ।

विधेयक पेस भएपछि प्रदेशसभाबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले आफूहरुले सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई सरसर्ती हेरेर नीतिगत समर्थन दिएको बताए । उनले यसअघि आफू नेतृत्वको सरकारले ल्याएकै बजेटमा थोरै परिवर्तन गरिएको मुख्यमन्त्रीले बताएको भन्दै नीतिगत समर्थन रहेको बताए । विस्तृतमा अध्ययनपछि मात्रै बजेटबारे थप प्रतिक्रिया दिन सकिने उनले बताए । एमालेले अध्ययनपछि विधेयक पास गर्ने समयमा स्पष्ट रुपमा मत राख्ने बताए । उनले पूर्ण रुपमा समर्थन गर्ने वा फेल गराउने भन्ने विषयमा विस्तृत अध्ययनपछि मात्रै भन्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ । गएको बिहीवार र