बजेट प्रतिस्थापन विधेयकमा नीतिगत समर्थन छ: एमाले

काठमाडौँ, ९ मंसिर । कोसीका मुख्यमन्त्री केदार कार्कीले ल्याएको बजेट प्रतिस्थापन विधेयकलाई नेकपा (एमाले)ले समर्थन गरेको छ । एमाले कोसी संसदीय दलका नेता हिक्मत कार्कीले बजेट विधेयकमा नीतिगत समर्थन रहेको बताए ।

विधेयक पेस भएपछि प्रदेशसभाबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले आफूहरुले सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई सरसर्ती हेरेर नीतिगत समर्थन दिएको बताए । उनले यसअघि आफू नेतृत्वको सरकारले ल्याएकै बजेटमा थोरै परिवर्तन गरिएको मुख्यमन्त्रीले बताएको भन्दै नीतिगत समर्थन रहेको बताए । विस्तृतमा अध्ययनपछि मात्रै बजेटबारे थप प्रतिक्रिया दिन सकिने उनले बताए । एमालेले अध्ययनपछि विधेयक पास गर्ने समयमा स्पष्ट रुपमा मत राख्ने बताए । उनले पूर्ण रुपमा समर्थन गर्ने वा फेल गराउने भन्ने विषयमा विस्तृत अध्ययनपछि मात्रै भन्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले