अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याउनुपर्छ : सांसद बराल

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद सुनिता बरालले अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याउन जरुरी रहेको बताएकी छन् ।

आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याएर अध्यागमनहरुलाई बलियो बनाउनुपर्ने बताइन् ।

उनले बढी नेपालीहरु रहेको देशमा रहेका नेपाली दूतावासहरूमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुलाई सहज सुविधाको व्यवस्था गर्न आग्रह गरिन् । उनले सम्बन्धित देशमा नेपालीको संख्या कति छ ? भन्नेसम्मको एउटा तथ्यांक सहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक रहेको बताइन् ।

सांसद बरालले विदेशस्थित दूतावासहरुमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुको सेवालाई सहज बनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार