कालीकोटमा ‘रेन गज’ जडान

मान्मा, ३ असोज । कालीकोटको नरहरिनाथ गाउँपालिकामा वर्षा मापन यन्त्र (रेन गज) जडान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र नरहरिनाथ गाउँपालिकाको समन्वयमा नरहरिनाथ–१ स्थित सुनथराली विमानस्थलमा सो यन्त्र जडान गरिएको हो । ‘रेन गज’  जडान हुँदा वर्षाको मापन गर्न सहज हुने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए । 

“पहिरोको उच्च जोखिम रहेका स्थानीय तहका बीचमा पर्ने विमानस्थलमा पहिरोको पूर्वसूचना दिने ‘रेन गज’ जडान गरिएको छ”, उण्नले भने, “यसले  पूर्वसूचना दिनेछ ।” सोलार सिष्टमसहित जडान भएको वर्षा मापन यन्त्रले प्रत्येक १०/१० मिनेटमा मापन केन्द्रको भाँडोमा परेको पानी स्वचालित प्रणालीबाट सर्भरमा गएर रिपोर्ट तयार हुने र वर्षा भएपछि स्थानीयवासीको मोबाइलमा पहिरो अलर्ट एप्लिकेसनमार्फत जानकारी लिन सकिने प्राविधिक शङ्कर बलामीले बताए ।

“यो एक स्वचालित प्रणालीबाट सूचना दिने यन्त्र हो”, उनले भने, “यहाँ जडान गरिएको यन्त्रले मोबाइल एप्लिकेसनमा सूचना दिन्छ ।” प्लान इन्टरनेसनलले विपद्को क्षेत्रमा काम गर्ने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालमार्फत पाँच लाखको लागतमा रेन गज स्टेसन जडान गराएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । नरहिरनाथ, सान्नीत्रिवेणी र रास्कोट क्षेत्रमा वर्षा मापन यन्त्र नहुँदा समस्या हुँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank