अस्थिरताले संघीयताप्रति नै वितृष्णा भयो : मुख्यमन्त्री कार्की

विराटनगर, ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशीको राजनीतिक अस्थिरताका कारण प्रदेशबासीमा संघीयताप्रति नै वितृष्णा पैदा भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा बुधबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले जनतामा देखिएको निराशा र व्यवस्थामाथिको चुनौती सामना गर्न सहमति र सहकार्य आवश्यक भएको बताएका हुन् । मुख्यमन्त्री कार्कीले संविधान निर्माण र परिवर्तन लागि एक ठाउँ उभिएका सबै राजनीतिक शक्तिहरु पुनः साझा सङ्कल्प लिएर अघि बढ्नुपर्ने पनि बताएका छन् । ‘हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीहरुमा सङ्घीयता प्रतिनै वितृष्णा पैदा भएको छ’, उनले भने ।

नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताहरुलाई आत्मसाथ गरेको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । कानुनहरुको अभावमा सङ्घीयताका मर्म र भावाना बमोजिम सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको पनि उनले बताए । ‘हाम्रो सिङ्गो प्रदेश, प्रदेशभित्रका सबै राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, राष्ट्र सेवक कर्मचारीहरु, नागरिक समाज र हामी सबै एक जुट भएर साझा चुनौतीहरुलाई अवसरमा परिणत गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता महसुस भएको छ’, उनले विज्ञप्तिमार्फत भनेका छन् ।

हिमाली तथा पहाडी क्षेत्रबाट भइरहेको बसाँइ सराइ, वातावरण विनाश, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पु¥याउने गतिविधिहरु, बढ्दो बेरोजगारी, जनचाहना अनुसारको शासकीय सुधार प्रदेशको मुख्य चुनौती भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार