मनास्लु हिमाल आरोहणमा सर्वाधिक आरोही

काठमाडौँ, ३ असोज । यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् ।

पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल तीन सय एक आरोहीले आरोहण अनुमति लिएका हुन् । यो याममा मनास्लु हिमालसहित विभिन्न १० वटा हिमाल तथा चुली आरोहणका लागि ३५ आरोही समूहका कूल तीन सय ३९ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

विभागका निर्देशक राकेश गुरुङले मनास्लु आरोहणमा उल्लेख्य सङ्ख्यामा आरोही आएको र भदौ ३१ गते आइतबारदेखि धमाधम आरोहण भइरहेको जानकारी दिए । निर्देशक गुरुङका अनुसार यो यामको पहिलो आरोहणका रुपमा कीर्तिमानी आरोही निर्मल पुर्जाको टिमले आइतबार मनास्लु आरोहण गरेको थियो । योसहित अन्य तीन टिमले मनास्लु आरोहण गरेका छन् । अहिले धेरै आरोही आरोहणका क्रममा छन् । विभागले हिमाल आरोहण अनुमति दिने कार्य पनि जारी राखेको छ ।

मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले

काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् । सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी