इन्द्रजात्रा चलाउनै आर्थिक संकट

काठमाडौँ, ३ असोज । इन्द्रजात्रा आउनै लाग्दा हरेक वर्ष आर्थिक संकट हुने गरेको छ । रकम नआएपछि जात्रा व्यवस्थापन समिति रकम माग गर्दै विभिन्न निकाय धाउन बाध्य भएका छन् ।

इन्द्रजात्रा मूल समितिलाई जात्रा व्यवस्थापन गर्नुभन्दा पनि रकम जोहो गर्न सरकार र काठमाडौँ महानगरपालिका गुहार्नुपर्ने बाध्यता भएको छ । हुन पनि रकम नभएपछि जात्रा चलाउनै मुस्किल पर्छ ।

‘जसरी पनि जात्रा चलाउनै प¥यो, रकम माग्दा हैरान, यसरी कसरी जात्रा व्यवस्थापन गर्न सकिन्छ’ –इन्द्रजात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको गुनासो छ । हरेक वर्ष पत्र लिएर कहिले सरकार त कहिले महानगरपालिका चाहार्नुपर्ने अवस्था छ ।

‘गत वर्ष पनि त्यस्तै भएको थियो, यो वर्ष पनि त्यस्तै अवस्था छ । जात्रा आउन एक हप्ता बाँकी रहँदा आर्थिक अभावले जात्रा सम्पन्न हुनै कठिन छ’ –अध्यक्ष शाक्यको भनाइ छ । धाउँदाधाउँदा बल्ल संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काठमाडौं महानगरपालिकामार्फत् १३ लाख ९३ हजार उपलब्ध गराएको र बाँकी रकम कसरी जोहो गर्ने भन्ने समस्यमा रहेको अध्यक्ष शाक्यले बताए ।

मन्त्रालयले दिएको यो रकम गत वर्षको हो । गत वर्षको ऋण यो वर्ष तिर्दातिर्दै ठिक्क हुन्छ यो वर्ष कसरी मनाउने समस्या छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले