नेप्से एकल अंकले वृद्धि

काठमाडौँ, १ असोज । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेपाली महिलाहरुले मनाउने तीज पर्वको दिन लगानीकर्ता ‘फेस्टिभ मुड’ मा हुँदा साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ ।

सोमबार नेप्से ४.२६ अंकले वृद्धि भएर १९६९.१८ को बिन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४२.१४ अंकको उच्च गिरावट भएर १९६४.९१ को विन्दुमा बन्द भएकोमा सोमबार ०.२१ प्रतिशतले बढेको हो । बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४ प्रतिशतले गिरावट हुँदा नेप्सेमा पनि उल्लेख्य रुपमा बढ्न सकेन । सोमबार व्यापार उपसूचक सर्वाधिक १.६० प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक १.०४ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकम २ अर्ब नाघेको थियो । तर, सोमबार भने कारोबार रकम ८७ करोड ४ लाखमा सीमित भएको छ । सोमबार कारोबार भएकामध्ये रिलायबल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ९ करोड ३९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ४ करोड ३४ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२६ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १४९ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १५ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये इमर्जिङ नेपालको सेयरमूल्य ९.९९ प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै भूगोल इनर्जी डेभलमेन्ट कम्पनीको सेयरमूल्य ८.७२ प्रतिशतले बढेको हो । शुभम् पावर लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा पिपुल्स पावर लिमिटेडको सेयरमूल्य ४.९६ प्रतिशत र समता घरेलु लघुवित्तको सेयरमूल्य ३.५१ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउने

चितवन, १३ असार । रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त

काठमाडाैँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए ।

काठमाडौँ, १२ असार । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् । गुटबन्दीको प्रयास गर्नेहरुलाई