देशभरका शिवालयमा भक्तजनको घुइँचो, पशुपतिनाथ मन्दिरका चारैवटै ढोका खुला

काठमाडौँ, १ असोज । हरितालिका तिज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

तिज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरका चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए । पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लाइनको व्यवस्था गरिएको छ । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । बिहानको समयमा भक्तजन लाइनमा बसेको आधा घण्टामा दर्शन गरेर फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

आज काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ८ जेठ । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

काठमाडौँ, ७ जेठ । हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या

काठमाडौँ, ७ जेठ । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश