तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् ।

उनले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद अवसरमा सबै नेपाली दिदिबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्‍भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उनले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको बताए । राष्ट्रपति पौडेलले तीजले सबैमा खुसी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुगोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय