पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

काठमाडौँ, २७ भदौ । आउँदोे २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह  गरेका हुन् ।

उनले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले रोकिने बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि यो खोप प्रमाणीकरण गरेको छ भने औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ ।

आउँदो २७ गतेदेखि सातै प्रदेशका सात अस्पतालबाट १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका झण्डै ९ हजार ५ सय जना किशोरीलाई खोप लगाइने छ । गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो। यो खोपको दुई मात्रा दिनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको

एजेन्सी, ६ मंसिर । पश्चिम एसियामा तनाव फेरि एकपटक बढेको छ । इरानले बहराइनमा रहेका अमेरिकाका अखडाहरूमा आक्रमण गरेको दाबी

एजेन्सी, ५ मंसिर । मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट घरहरूमा सामान्य क्षति, विद्युत् सेवा अवरुद्ध र राजमार्गमा

एजेन्सी, ५ मंसिर । रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरहरूलाई लक्षित गरी रातभर भीषण ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ