एजेन्सी, ५ मंसिर । रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरहरूलाई लक्षित गरी रातभर भीषण ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ ।
यस आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूला आक्रमणहरूमध्ये एक भएको बताएका छन् ।
रुसले राजधानी किएभका मुख्य पुल तथा रेलवे स्टेसनहरूलाई प्रमुख निशाना बनाएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार रुसले रातभरमा ११० भन्दा बढी क्षेप्यास्त्र र ४०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो । युक्रेनका विभिन्न सहर र क्षेत्रहरूमा गरिएका यी आक्रमणहरूबाट आवासीय भवनहरू तथा ऊर्जा पूर्वाधारहरूमा गम्भीर क्षति पुगेको छ । आक्रमणका कारण रातभर चेतावनी सायरन बजिरहेको थियो भने बिहानसम्म पनि खतराको साइरन जारी नै रहेको थियो ।
रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरहरूलाई लक्षित गरी रातभर भीषण ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूला आक्रमणहरूमध्ये एक भएको बताएका छन् ।
रुसले राजधानी किएभका मुख्य पुल तथा रेलवे स्टेसनहरूलाई प्रमुख निशाना बनाएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार रुसले रातभरमा ११० भन्दा बढी क्षेप्यास्त्र र ४०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो । युक्रेनका विभिन्न सहर र क्षेत्रहरूमा गरिएका यी आक्रमणहरूबाट आवासीय भवनहरू तथा ऊर्जा पूर्वाधारहरूमा गम्भीर क्षति पुगेको छ । आक्रमणका कारण रातभर चेतावनी सायरन बजिरहेको थियो भने बिहानसम्म पनि खतराको साइरन जारी नै रहेको थियो ।
रुसले क्राइमिया प्रायद्वीपलाई जोड्न निर्माण गरेको क्राइमिया पुलमा भएको आक्रमणको बदला लिने चेतावनी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका थिए । सोही चेतावनीको पृष्ठभूमिमा पछिल्लो समय यो भीषण हमला भएको हो ।







