सहमतिका साथ अघि बढ्न जरुरी : मन्त्री श्रेष्ठ

काठमाडौँ, २१ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि सहमतिका साथ अघि बढ्न जरुरी रहेको बताएका छन् ।

आज चितवनको माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उनले एकार्कालाई तानातान गर्ने राजनीतिक संस्कारले मुलुकको विकास हुन नसकेको बताए । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनले औँल्याए ।

उनले भ्रष्टाचारको जालोलाई अन्त्य गरेर सुशासन कायम नगरेसम्म मुलुकको समृद्धि सम्भव नरहेको उल्लेख गरे । सुशासन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उनले यसानुसार अघि बढ्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको छ । सर्वोच्च

काठमाडौँ, २८ बैशाख । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सार्वजनिक नीति तथा कार्यक्रमको पूर्णपाठ:

काठमाडौँ, २८ बैशाख । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ ।