अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौँ, ३० साउन । पार्टीमा असन्तुष्ट रहेका एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । 

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।  पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा