काठमाडौँ, १७ असार । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो ।
त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफाबार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ । बैठकमा अर्थमन्त्री महतले प्रस्तुत गरेको सो विधेयक सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदहरुले त्यसको समर्थन गरेका हुन् ।





