काठमाडौँ, १५ असार । विवेकशील साझापार्टीले ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको छ ।
आज पार्टी कार्यालय बखुन्डोलमा ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक कार्यक्रम राखेर ग्रेटर नेपालको नक्सा राखेको हो ।
अध्यक्ष समीक्षा बाँसकोटाका अनुसार भारतले अखण्ड भारतको नाम दिएर नेपालको भूगोल समेटेर नयाँ संसद भवनमा नक्सा राखेपछि विवेकशील साझाले ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको हो ।
नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान चलाउने उनको भनाइ छ । राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरबार, सेनाको मुख्यालय लगायतमा ग्रेटर नेपालको नक्सा राख्न दबाब दिने बाँस्कोटाले बताइन् ।






