भारतमा सडक दुर्घटना : एकै परिवारका चार नेपालीको मृत्यु

दोधारा चाँदनी, २८ जेठ । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चारजना नेपालीको मृत्यु भएको छ ।

शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए ।

दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पु¥याएलगत्तै मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ । “विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी आएको छैन,” प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा