नेप्से ४० अंकले बढ्यो

काठमाडौं,  २८ जेठ  । नेप्से परिसूचक २.०९ प्रतिशतले वृद्धि भएर १९८०.०९ विन्दुमा रोकिएको छ ।

यसदिन नेप्से परिसूचक ४०.४८ अंकले वृद्धि भएको छ भने कारोबार रकम एक अर्ब १५ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम दिन दुई अर्ब ३० करोड रुपैयाँको सेयर करोबार भएकोमा यसदिन तीन अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज २७५ धितोपत्रको ९५ लाख २८ हजार २५५ कित्ता खरिद–बिक्री भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आजदेखि दोस्रो बजारमा कारोबारमा आएको सिटी होटल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

नागरिक लगानी कोषको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ११ करोड ४७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको १० करोड ८७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ५.७२ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । त्यस्तै, परिसूचक सार्वाधिक वृद्धि हुनेमा लगानी समूहको परिसूचक ५.११ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ असार । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति

काठमाडौँ, ३ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।  आजको प्रतिनिधिसभा

काठमाडौँ, ३ असार । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा