नेप्से ४० अंकले बढ्यो

काठमाडौं,  २८ जेठ  । नेप्से परिसूचक २.०९ प्रतिशतले वृद्धि भएर १९८०.०९ विन्दुमा रोकिएको छ ।

यसदिन नेप्से परिसूचक ४०.४८ अंकले वृद्धि भएको छ भने कारोबार रकम एक अर्ब १५ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम दिन दुई अर्ब ३० करोड रुपैयाँको सेयर करोबार भएकोमा यसदिन तीन अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज २७५ धितोपत्रको ९५ लाख २८ हजार २५५ कित्ता खरिद–बिक्री भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आजदेखि दोस्रो बजारमा कारोबारमा आएको सिटी होटल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

नागरिक लगानी कोषको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ११ करोड ४७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको १० करोड ८७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ५.७२ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । त्यस्तै, परिसूचक सार्वाधिक वृद्धि हुनेमा लगानी समूहको परिसूचक ५.११ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।