बजेट भाषण बिहान १० बजे राख्न माग

काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले अर्को पटकदेखि बिहान १० बजे बजेट भाषण राख्न माग गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै सांसद गिरीले नेपालमा परम्परागत शैलीमा बजेट आउने गरेको बताए । बहुदल आएपछि होस् वा गणतन्त्र आएपछि होस् किन अपराह्न ४ बजे बजेट भाषण गर्नुपर्ने भन्दै सांसद गिरीले प्रश्न गरे । 

उनले त्यसको कारण खोज्दै जाँदा भारतमा बेलायतको उपनिवेश भएको बेला दिउँसो ४ बजे बजेट भाषण गर्ने गरेको, त्यतिबेला बेलायतमा बिहानको १० बज्ने भएकोले बेलायतका पदाधिकारीलाई सुनाउन दिउँसो ४ बजे बजेट भाषण गर्ने चलन नेपालमा चलिरहेकोले त्यसलाई परिवर्तन गर्न उनको माग छ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका