काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले अर्को पटकदेखि बिहान १० बजे बजेट भाषण राख्न माग गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै सांसद गिरीले नेपालमा परम्परागत शैलीमा बजेट आउने गरेको बताए । बहुदल आएपछि होस् वा गणतन्त्र आएपछि होस् किन अपराह्न ४ बजे बजेट भाषण गर्नुपर्ने भन्दै सांसद गिरीले प्रश्न गरे ।
उनले त्यसको कारण खोज्दै जाँदा भारतमा बेलायतको उपनिवेश भएको बेला दिउँसो ४ बजे बजेट भाषण गर्ने गरेको, त्यतिबेला बेलायतमा बिहानको १० बज्ने भएकोले बेलायतका पदाधिकारीलाई सुनाउन दिउँसो ४ बजे बजेट भाषण गर्ने चलन नेपालमा चलिरहेकोले त्यसलाई परिवर्तन गर्न उनको माग छ ।