सम्बन्ध सुधार गर्दै देउवा-कोइराला

काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उहाँसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालबीच सम्बन्ध सुधार हुँदै गएको छ ।

लामो समयसम्म पार्टी कुनै पनि निर्णयमा एक ठाउँमा बसेर छलफल गर्न नसकेका कांग्रेसका शीर्ष दुई नेताबीच पछिल्लो केही समययता सम्बन्धलाई सुधार गर्ने संकेत देखाएका हुन् । सभापति देउवाबाट पार्टी र देश चल्न नसक्ने भन्दै कुनै पनि हालतमा नेतृत्व फेर्नुपर्ने एजेन्डा लिएर संस्थापनइतर समूहलाई सशक्त बनाएका नेता कोइराला र सभापति देउवाबीचको सम्बन्ध मन्त्रीपरिषद् विस्तारदेखि सुधारको प्रयास भएको हो ।

प्रचण्ड नेतृत्वको सरकारको मन्त्रीमण्डलमा सभापति देउवाले कोइराला समूहबाट महामन्त्री जितेका गगन थापासहितका पदाधिकारीलाई बेवास्ता गर्दै कोइरालालाई एकलरूपमा मन्त्री पठाउन आग्रह गर्नुभएको थियो । सरकारमा पठाउने मन्त्रीका विषयमा आफूहरूसँग कुनै छलफल नगरिएको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा पटक पटक विरोध गरेपनि नेता कोइरालाले सभापतिको निर्णयलाई स्वीकार गर्दै जानुभएको छ ।

कांग्रेसबाट सरकारमा जाने ९ मन्त्रीमध्ये २ जान इतर समूहका पठाउन सभापतिले आग्रह गरेपछि केही दिन उक्त निर्णयको विरोध जनाउँदै आफ्नो तर्फबाट सम्मानजनक सहभागिता नगराइए सरकारमै सहभागी नहुने बताउँदै आएको नेता कोइराला समूह अन्ततः कानुनमन्त्री धनराज गुरुङ र खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पठाएर चित्त बुझाएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय