ललितपुर, २७ जेठ । ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेहरूमा बागमती प्रदेश ०२-०३३ प ३४ ०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अङ्कित महत, सुदूरपश्चिम प्रदेश ०१-०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, बा ९८ प ९४ १२ नम्बरका मोटरसाइकल चालक ललितपुरका २३ वर्षीय अमित कार्की, बा १९ प ३४ ७२ नम्बरका मोटरसाइकल चालक ललितपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र प्रदेश ३-०२-००२ प ७७ ४३ नम्बरका मोटरसाइकल चालक मोरङको विराटनगर घर भई हाल चाबहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।