५ जना मोटरसाइकल चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

ललितपुर, २७ जेठ । ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना  चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा आउनेहरूमा बागमती प्रदेश ०२-०३३ प ३४ ०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अङ्कित महत, सुदूरपश्चिम प्रदेश ०१-०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, बा ९८ प ९४ १२ नम्बरका मोटरसाइकल चालक ललितपुरका २३ वर्षीय अमित कार्की, बा १९ प ३४ ७२ नम्बरका मोटरसाइकल चालक ललितपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र प्रदेश ३-०२-००२ प ७७ ४३ नम्बरका मोटरसाइकल चालक मोरङको विराटनगर घर भई हाल चाबहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् । 

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने