स्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ  

बाँके, २६ जेठ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाउँपालिका ४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो । भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका