स्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ  

बाँके, २६ जेठ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाउँपालिका ४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो । भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।