तातो हावाले जनजीवन प्रभावित

काठमाडौँ, २६ जेठ । गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म पश्चिम तराईका नेपालगन्जलगायतका क्षेत्रमा तातो हावा चल्दै आएको छ।

नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४१ दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको छ। नेपालगन्जको तापक्रम बिहीबार ४१ दशमलब ६ डिग्री सेल्सियस पुग्यो। गर्मीका कारण अघिपछि निकै व्यस्त देखिने सहरका सडक पनि दिउँसो सुनसान हुन थालेका छन्।

गर्मीले दैनिक ज्यालामा छाक टार्दै आएका मजदुर सबैभन्दा बढी प्रभावित भएका छन्। अहिले तातो हावा चलेको जल तथा मौसम विज्ञान कार्यालयका मौसमविद् राजीव झाले बताए। ‘केही दिनदेखि तातो हावा चलेको छ। यो लु होइन,’ उनले भने, ‘अझै केही दिनसम्म यस्तै भयो भने लु चल्न सक्छ।’

तराईमा गर्मी बढेसँगै तातो हावा चलेको छ। ‘यसले दिमागका नसा तातेर हिटस्टोक हुन सक्छ, जुन अति नै जोखिमयुक्त हुन्छ,’ कान्ति आरोग्य अस्पतालकी बाल रोग विशेषज्ञ डा.रोमा बोराले भनिन्, ‘यो इमर्जेन्सी कन्डिसन नै हो। यस्तो बेलामा बेहोस भएर मृत्यु नै हुन सक्छ।’ डा. बोराले तातो हावामा बाहिर ननिस्कन आग्रह गरिन्। यस्तो बेला छहारी तथा शीतल ठाउँमा बस्न र पानी धेरै पिउन उनको सुझाव छ। ‘तातो हावाबाट हुन सक्ने जोखिमबारे धेरैलाई जानकारी छैन,’ उनले भनिन्, ‘यस्तो बेला बाहिर निस्कनु घातक हुन्छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank