राष्ट्रिय युवा संघलाई इन्चार्ज बस्नेतको तीन बुँदे निर्देशन

काठमाडौँ, २५ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाललाई तीन बुँदे निर्देशन दिनुभएको छ ।

नेकपा एमालेको हालै सम्पन्न पाँचै केन्द्रीय कमिटीको बैठक मार्फत पुनः युवा फाँट प्रमुखको जिम्मेवारी संहाल्दै संघको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले संगठनलाई चुस्त, दुरुस्त तथा आम युवाहरुको एकमात्र संगठनको रुपमा स्थापित हुने गरी काम गर्न निर्देशन दिनुभयो । संगठनको अराजकता रोक्नुपर्नेमा जोड दिँदै उहाँले भोलीको भविष्य युवाहरुमा देखाएर अगाडी बढ्न निर्देशन दिनुभयो । युवाको आगामी कार्यभारको बारेमा जनचेतानाको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रवासी युवाहरुको माग र आवश्यकता आगामी संघको आन्दोलनको रुपमा रही प्रवासमा कमिटी गठन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रवासी युवाहरुलाई समेट्न सके विदेशमा रहेका करिव २२ लाख युवाहरु एमालेमा आवद्ध हुने बताउनुभयो ।

उहाँले संघका नेता तथा कार्यकर्तालाई दिनुभएको तीन बुँदे निर्देशन

१. राष्ट्रिय युवा संघ नेपालले व्यापक मात्रामा प्रशिक्षण, अन्तरक्रिया, आधुनिक प्रविधिको उच्चतम प्रयोग, शुसासनको स्थापना, भ्रष्टाचारको अन्त्य, माक्र्सवाद, जनताको बहुदलीय जनवाद, समाजवादलगायतका कुराहरुको न्युनतम कुराहरुको ज्ञान हासिल गर्नुपर्ने र सोही अगाडी बढाउनुपर्ने,

२. संघका नेता तथा कार्यकर्ताहरुमा जुझारु तथा प्रविधिको प्रयोग गरी प्रतिरोधी क्षमता कायम राख्नुपर्ने, प्रचार प्रसार गर्नुपर्ने, आगामी कार्यभार बारे कार्यकर्ता जागरुक गर्नुपर्ने,

३. सिर्जनसिलता, गतिशिलता र नविनता हुनुपर्नेछ । रचनात्मक कार्यहरु गर्नुपर्छ । जसमा वृक्षारोपण, रक्तदान, विभिन्न प्रकारका खेलकुद प्रतियोगिता, सरसफाई अभियान, युवामैत्री सहभागितामुलक कार्यलगायतका जिम्मेवारीहरु गर्नुपर्छ ।

निर्देशनका क्रममा उहाँले पार्टीले सम्बन्धीत साथीहरुको स्वार्थ नबाझिने गरी जिम्मेवारी बाँडफाँड गरेको जानकारी गराउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा समृद्ध नेपाल : सुखी नेपाली भन्न शब्द उच्चारणमा समेत डराएको आरोप लगाउनुभयो । पार्टीलाई चौतर्फी घेरावन्दी गर्दा चिर्न नसक्नु एमालेमा समस्या रहेकाले संघका नेता तथा कार्यकर्ताले आगामी दिनमा विशेष रणनीतिका साथ अगाडी बढ्नुपर्ने उल्लेख गर्दै उहाँले निर्वाचनको समयमा देशभर पार्टीलाई घेरावन्दी गर्ने तत्वको विरुद्ध देशभर प्रतिरोधी अभियान चलाएको स्मरण गर्नुभयो । एमालेले मात्र आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेमात्र त्यो शक्ति हो, जसले आफुलाई राष्ट्रिय शक्तिको रुपमा विकास गर्न सक्छ । जसले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन सक्छ । एमालेको नीति, कार्यक्रम, सिद्धान्त, नेता तथा कार्यकर्ता क्षमतावान्, याग्य छन् । अन्य पार्टीका नेता तथा कार्यकर्ताको तुलनामा सच्छ पनि छन् । एमालेका नेता तथा कार्यकर्तामा राष्ट्रियताको भावना रहेको छ । प्रगतिशिल सोचका साथ अगाडी बढेको छ ।’

आगामी असार मसान्तसम्म पार्टीले नयाँ सदस्यता वितरण गर्ने म्याद थप गरेकाले संघको चार महिने अभियानमा चार लाख सदस्यता वितरण गर्दा कम्तिमा पनि एक लाख पार्टी सदस्यता संघका नेता तथा कार्यकर्ताहरुको थप गर्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टीले तीन महिनाभित्र प्रदेशदेखी स्थानीय तहसम्मका कमिटी पुनःगठन गर्ने र त्यसमा ३५ वर्ष नपुगेका युवाहरुलाई ३० प्रतिशत स्थान दिने तयारी गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा संघका निवर्तमान सहइन्चार्ज किरण पौडेललाई पार्टीको बिपद ब्यबस्थापन तथा स्वयमसेवक विभाग प्रमुखको जिम्मेवारी प्राप्त गर्नु भएकोले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो । पार्टीको नीति नै कुनै पनि संगठनमा सहइन्चार्ज नराख्ने भएकाले उहाँलाई संगठनबाट विदाई गरिएको बताइएको छ । संघलाई वर्तमान अवस्थामा पुर्याउन निवर्तमान अध्यक्ष समेत रहनुभएका नेता पौडेल संघको लागि जहिलेपनि अभिभाव हुने समेत संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक