दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन आग्रह

काठमाडौँ, २५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडी बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिरुसँग छलफलमा अर्थमन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभएको हो ।

१०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विश्व बैंक, एशियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, नर्वे, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिहरुसँग छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका