आफ्ना दुई नेतामाथि गरिएको दुर्व्यवहारप्रति एमालेद्वारा निन्दा: चुप लागेर नबस्ने चेतावनी

विराटनगर, २५ जेठ । एमाले कोशी प्रदेश संसदीय दलले आफ्नो दलका उपनेता राम राना मगर तथा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि भएको आक्रमण र दुर्व्यवहारको निन्दा गरेको छ । 

पहिचान पक्षधर कार्यकर्ताले एमाले संसदीय दलका उपनेता राना मगरलाई इलाममा आज मोबिल छर्केका थिए । इलाम नगरपालिका ११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमण गरेका थिए । यस्तै, उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुर्व्यवहार गरेका छन् । पहिचानवादीले उनी चढेको गाडीको झण्डा निकालिदिएका छन् भने आक्रमणको प्रयास गरेका छन् । 

कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलको तर्फबाट प्रतिक्रिया दिँदै उपनेता तथा पूर्वमन्त्री रानामाथि इलाममा र उपसभामुख दनुवारमाथि उदयपुरमा आक्रमण भएको बताए । ‘सरकारले वार्तासमिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना दनुवार र इलाममा पूर्वमन्त्री राम रानाप्रति पहिचानवादीले गरेको दुव्र्यवारप्रति घोर निन्दा गर्दछौं,’ उनले भने, ‘यति गम्भीर घटना हुँदा पनि संघीय सरकार चुपलागेर बस्नु आश्चर्यजनक छ ।’ 

भण्डारीले आन्दोलनकारीलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दै अटेरी गरेर यस्तै गतिविधि गरिरहे चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् । ‘हामी आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपले वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दछौं । अन्यथा यस्तो गतिविधि दोहोरिरहेमा चुप लागेर बसिररहन नसक्ने चेतावनी दिन चाहन्छौं,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक