अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार बुटवल-पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा समेटेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई शंकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मुद्दा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । तनहुँमा संकास्पद वस्तु फेला परेको छ । व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिकै संकास्पद वस्तु फेला

काठमाडौँ, १२ असार । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अन्सुअर कोटेश्वरबाट खटिएको ब्यूरोको

काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय