सुर्खेतमा पाँच जनामा दादुरा

सुर्खेत, २५ जेठ । सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो । वीरेन्द्रनगर र चिङ्गाड दुई-दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ । 

यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै पालिकामा दादुराविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ । पहिलो चरणमा बराहाताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने गौतमले बताए ।

यसैबीच, दादुरा रुबेल खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको उल्लेख गर्दै उनले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्ने बताए । कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा रविन खड्काले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए । खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।
 
खोप अभियानका लागि जिल्लाका ९९ वडामा कूल पाँच सय ४७ खोप केन्द्रको व्यवस्था गरिएको छ । खोप केन्द्र विद्यालयमा राखिने छ । दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइने छ । यसअघि सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । सन् २०२३ सम्म दादुरामक्त नेपाल घोषणा गर्ने भनिएकामा सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म सो लक्ष्य राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय