एमालेको निष्कर्ष : पार्टीमा ‘व्यक्तिवाद र अवसरवाद’ मौलायो

काठमाडौँ, २५ जेठ । एमालेका आन्तरिक बैठकमा पार्टीभित्र व्यक्तिवाद र अवसरवाद मौलाएको निष्कर्ष निकालिएको छ।

‘मिसन ग्रास रुट’ अभियानको पहिलो चरण सकिएपछि बसेको केन्द्रीय कमिटीको बैठक र त्यसपछिका बैठकले यस्तो निष्कर्ष निकालेका हुन्। पार्टीभित्र दक्षिणपन्थी अवसरवाद, संकीर्णतावाद, व्यक्तिवाद र अवसरवादविरुद्धको संघर्ष आवश्यक मात्रामा सशक्त बन्न नसक्दा व्यक्तिवाद र अवसरवाद मौलाएको निष्कर्ष निकालिएको हो।

एमालेले यही जेठ २३ गते गरेको आन्तरिक सर्कलुर (अन्तरपार्टी निर्देशन) मा पार्टीभित्रका चुनौती, समस्या र कमीकमजोरी औंल्याइएको छ। पार्टीका सबै नेता र कार्यकर्तालाई पठाइएको अन्तरपार्टी निर्देशन (अपानि) मा विचारधारात्मक काममा कमी देखिएको, कतिपय नेता÷कार्यकर्तामा पार्टीका विचार र सिद्धान्तमा चासो कम रहेकोसमेत उल्लेख छ।

पार्टी प्रशिक्षणहरू यथोचित नभएको, पार्टीपंक्तिमा संगठनात्मक अराजकता बढेको, समाजवादको आधार निर्माण गर्ने पार्टीको राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको भूमिकालाई जोड्न नसकिएको, जसका कारण विगतमा पार्टीले जितेका पालिकाहरूमा पछिल्लोपटक पराजय बेहोर्नुपरेको, उम्मेदवारी छनोटका आधारबारे कार्यकर्तामा प्रस्टता नभएको, निर्वाचनमा पार्टीकै बागी उम्मेदवार बन्ने र घात–अन्तर्घात गर्ने समस्या देखापरेको, आफू उम्मेदवार भए पार्टीको र अरू भए नातावाद र कृपावादले टिकट पाएको जस्ता आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी–अहंकारी सोच देखापरेको अपानिमा उल्लेख छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज झिनो सुधार देखिएको छ । आज दिनभर उतारचढावका बीच कारोबार

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकका गभर्नर