भारतीय संसदमा राखिएको नक्साबारे कुरा भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसदमा राखिएको नक्सा बारेमा कुरा उठाएको बताएका छन् ।

आज राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतीय संसदमा राखेको नक्सा बारेमा कुरा भयो । नक्सा बारेमा धेरै अध्ययन भइसकेको थिएन । जसरी मिडियामा आएको थियो त्यो विषयमा प्रश्न गरे । नयाँ संसद भवनमा भारतले राखेको विषयमा विभिन्न कोणबाट चर्चा परिचर्चा भएको छ । ‘उहाँहरुले यो कुनै राजनीतिक नक्सा होइन । एेतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपमा हेर्न हुँदैन भनेर उहाँहरुको जवाफ थियो ।’

प्रधानमन्त्रीले उठाएन वा बोलेन भन्ने कुरा गलत भएको प्रचण्डले बताए । प्रचण्डले भारतसँग औपचारिक बैठकमा जमिन सट्टापट्टाको कुरा नगरिएको बताएका छन् । ‘माननीयले तपाईँ जमिन नै दिएर आउनु भएछ भन्नुभयो । मैले कुनै औपचारिक बैठकमा जमिन सट्टा पट्टा बारेमा कुरै गरेको छैन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । ती क्षेत्रको सीमा समस्या वार्ताद्वारा हल गरिनुपर्छ भन्ने कुरा भनेको हो’ प्रचण्डले भने, ‘नेपाली पत्रकारसँग कुरा गर्दा सीमाका विषयमा धेरै खालका विचारहरू छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय