प्रधानमन्त्रीलाई पौडेलको प्रश्न – इपीजी प्रतिवेदनको कुरा गर्दा के बिग्रने हो  ?

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई नेकपा एमाले सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले  नेपाल भारत प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदनको कुरा गर्दा बिग्रने के हो भन्दै प्रश्न गरेकी छिन् ।

आज राष्ट्रियसभा बैठकमा बोल्दै पौडेलले इपीजीको प्रतिवेदनको कुरा गर्दा बित्तिकै कुरा बिग्रने कस्तो अचम्म हो भन्दै उनले प्रश्न गरिन् । 

उनले भनिन्, ‘इपिजीको प्रतिवेदनले माहौल बिग्रन्छ भनेर भन्नुभयो । कुरा गर्दा माहौल बिग्रन्छ भने अचम्मको पोको के हो ? हामी जनता र सांसदले  कहिले बुझ्न पाउने हो ? ’ ‘प्रधानमन्त्रीको भारत भ्रमणमा अफिसियल र कूटनीतिक राहदानी लिएर गएको औपचारिक जम्बो टोलीमा तपाईको आधिकारिक फोटोग्राफर थिए कि थिएनन् ?’ ‘दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको अगाडि मोबाइले फोटो खिच्न मिल्छ कि मिल्दैन ? यस्तो कूटनीतिक मर्यादा कहिले सिकाउने हो ? हामीले कहिले सिक्ने हो ?’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय