टेलिकम डुबाउने एनसेललाई पोस्ने कानुन बन्दै

काठमाडौँ, १५ चैत । सरकारले नेपाल टेलिकमलाई डुबाउने र निजी क्षेत्रबाट सञ्चालित एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई फाइदा पुग्नेगरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले दूरसञ्चारसम्बन्धी कानुन संशोधन र एकीकृत गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेस गर्न सञ्चार मन्त्रालयलाई स्वीकृति दिएको छ । विधेयकको दफा २४ मा एकीकृत अनुमतिपत्रसम्बन्धी व्यवस्था छ। यही दफाको उपदफा ३ मा उल्लेख भएको प्रावधानले निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवाप्रदायक एनसेललाई सहज हुने सञ्चार क्षेत्रका विज्ञको दाबी छ ।

‘यो ऐन प्रारम्भ हुनुपूर्व जारी आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले यस ऐनबमोजिम एकीकृत अनुमतिपत्र प्राप्त गरेको मानिनेछ’, दफा २४ को उपदफा ३ मा लेखिएको छ । यसअघि अनुमति लिएको भए पनि नयाँ ऐन जारी भएपछि सोहीअनुसार अनुमति लिनुपर्ने प्रावधान राखेर पुरानो ऐनलाई विस्थापन गर्न खोजिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति