कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेद्वारा उजुरी

काठमाडौँ, १ चैत । नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा (एमाले)ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

एमाले सचेतक महेश बर्तौलाले भने, “नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपति जस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ । आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौ । यस बारेमा निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेका छौं,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १० हजार

काठमाडौँ, २७ जेठ ।औद्योगिक क्षेत्रमा वर्षौंदेखि जरा गाडेर बसेको बेथिति र राजनीतिक ‘सेटिङ’ विरुद्ध उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी

काठमाडौँ, २७ जेठ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ । बुधबार प्रतिनिधि सभाको अर्थ

काठमाडौँ, २७ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।