शीतलनिवासले सच्यायो राष्ट्रपति पौडेलको फोटो

काठमाडौँ, १ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतलनिवासले सच्याएको छ ।

राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया बिगारिएको तस्बिर अपलोड गरेको थियो । देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गर्ने काम भएको भन्दै आलोचना भएकामा शीतल निवासले दुई दिनपछि फोटो सच्याएको हो । 

यसअघि शीतल निवासले सार्वजनिक गरेको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई अनावश्यक रुपमा सम्पादन गरेको हटाइएको थियो भने छालाको रङ्गलाई पनि अनावश्यक सम्पादन गरिएको थियो । पछिल्लो पटक राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ तस्बिरमा पौडेलको सबै हुलिया दुरुस्त देखिन्छ । यसअघि गालाको दुबै कोठी हटाइएकामा नयाँ तस्बिरमा देखाइएको छ भने सम्पादन पनि राम्रो छ । पौडेलले पुस २८ मा राष्ट्रपतिको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्