शीतलनिवासले सच्यायो राष्ट्रपति पौडेलको फोटो

काठमाडौँ, १ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतलनिवासले सच्याएको छ ।

राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया बिगारिएको तस्बिर अपलोड गरेको थियो । देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गर्ने काम भएको भन्दै आलोचना भएकामा शीतल निवासले दुई दिनपछि फोटो सच्याएको हो । 

यसअघि शीतल निवासले सार्वजनिक गरेको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई अनावश्यक रुपमा सम्पादन गरेको हटाइएको थियो भने छालाको रङ्गलाई पनि अनावश्यक सम्पादन गरिएको थियो । पछिल्लो पटक राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ तस्बिरमा पौडेलको सबै हुलिया दुरुस्त देखिन्छ । यसअघि गालाको दुबै कोठी हटाइएकामा नयाँ तस्बिरमा देखाइएको छ भने सम्पादन पनि राम्रो छ । पौडेलले पुस २८ मा राष्ट्रपतिको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश श्रीकान्त