गगन थापाले लचकता अनपनाउनुपर्छ: पूर्वगृहमन्त्री लेखक

धनगढी, १० जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टी एकताका लागि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले जस्तै लचकता अपनाउन पार्टी सभापति गगन थापालाई सुझाव दिएका छन् । 

संस्थापनइतर पक्षले आइतबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै लेखकले पार्टी सभापति थापालाई उक्त सुझाव दिएका हुन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानलाई पनि पार्टीले ध्यान दिनुपर्ने बताए । 

लेखकले सभापति गगन थापासँग दुईवटा मात्र अपेक्षा रहेको बताए । बृहत्तर एकताका लागि हदैसम्म लचिलो हुनुपर्ने र देउवाले कांग्रेसलाई दिएको योगदान बिसर्न नहुने लेखकको भनाइ थियो । साथै, कांग्रेस एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि भेलामा बताए ।

उनले भने, “हिजो कांग्रेस विभाजन भएर कांग्रेस (प्रजातान्त्रिक) भएका बेला गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले जसरी लचकता अपनाएर एकता गर्नुभएको थियो । अहिलेका सभापति र पदाधिकारीले पनि त्यसैगरी लचकता अनपनाउनुपर्छ । कांग्रेसमा बिग्रह भएका बेला राष्ट्रियता कमजोर र लोकतन्त्र अपहरित तथा समाप्त भएको इतिहासले देखाएको तथ्य हो, हामी एकताबद्ध र संगठित हुन जरूरी छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६