विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै

काठमाडौँ, १ चैत । आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिए पनि उपभोक्ता भने अधिकारबाट बञ्चित छन् ।

हरेक क्षेत्रमा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । नेपालको  संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति छ ।

सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन् भन्दै ‘बिल अफ राइट’ को घोषणा गर्नुभएको थियो । त्यसैको सम्झनामा मार्च १५ तारिखमा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ तारिखसम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रुपमा मनाउन आह्वान गर्दै आएको छ । 

त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकारलगाएत प्रत्याभूत गरिएको छ । तर, कानुनमा  स्पष्ट  व्यवस्था  रहेको  उपभोक्ता  अधिकार र क्षतिपूर्तिको कार्यान्वयन भने फितलो छ । बजार, यातायात, विद्युत्, खानेपानी, बैङ्क तथा  वित्तीय  संस्था,  खाद्यान्नलगायत वस्तु  तथा सेवा  लिने  क्रममा  ठगी बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्यवृद्धि भएको

काठमाडौँ, १४ बैशाख । रौतहट र दैलेखमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार रौतहटको दुर्गाभगवती गाउँपालिका–१, पिपराटोल

काठमाडौँ, १४ बैशाख । सर्लाहीमाँ जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–१५,

काठमाडौँ, १४ बैशाख । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा अग्नीसाईर कृष्णासवरन