आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत् 

काठमाडौँ, ३० फागुन । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले चैत ८ गतेदेखि प्राथमिक सेयर (ईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सार्वजनिक निसष्कासनका लागि छुट्याइएकोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । पाँच प्रतिशत अर्थात् दुई लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र तीन प्रतिशत अर्थात् एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहररूका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ चैत १२ गतेसम्म निष्कासनमा रहने छ ।  ढिलोमा चैत २२ गते आवेदन खुला हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । बजारमा सुकेको प्याजको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार

काठमाडौँ, ५ असार । पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको

काठमाडौँ, ५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ असार । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले रु ५१ हजार नगद