हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ

जनकपुरधाम, १८ माघ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन् । अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो ।

गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले