धनगढी, १८ माघ । कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेका छन । कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई ४ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, सोही ठाउँका १९ वर्षीय खेम साउदलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय प्रदिप गोतामे र १९ वर्षीय अनिष अछामी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ६५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।






