अनाथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ

धनगढी, १८ माघ । कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् ।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । उनका अनुसार लामो समय देखी बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आए पछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

अनाथालयमा आश्रित १४ वर्षीय र १६ वर्षीय बालिकामाथि शोषण गरेको उजुरी परेको थियो । पक्राउ परेका चन्दमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको

काठमाडौँ, ९ भदौ । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ ।  टिजरले यो फिल्म

काठमाडौँ, ८ भदौ । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार

काठमाडौँ, ६ भदौ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन्