आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान

काठमाडौँ, १८ माघ । चालू आर्थिक वर्ष नेपालमा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । कोषले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । यसअघि विश्व बैंकले नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको थियो ।

यस वर्ष भारतमा ६.१ प्रतिशत, भुटानमा ४.३ प्रतिशत, बंगलादेशमा ६ प्रतिशत र श्रीलंकामा माइनस ३ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान आईएमफले गरेको छ । माल्दिभ्सले ६.१ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने अनुमान छ । कोषका अनुसार सन् २०२३ मा ग्लोबल ग्रोथ २.९ प्रतिशत रहने अनुमान छ ।

यसअघि विश्व बैंकले १.७ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४ प्रतिशत थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for