जसपाको विधान अधिवेशन : वहसमा पहिचानको मुद्दा

काठमाडौँ, १७ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको गत पुस १८ र १९ गते सम्पन्न राजनीतिक समितिको बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गर्यो । विधान मस्यौदा समितिले अहिले आफ्नो कामलाई तिव्रता दिएको छ ।

विधान अधिवेशन मूलरुपमा पार्टीले उठाएको पहिचानको मुद्दा र सांगठनिक संरचनाबारे केन्द्रीत हुने देखिन्छ । जसपाको हालको विधानमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहका विभिन्न सांगठनिक संरचनाहरुको व्यवस्था छ । खास गरी पहिचानमा आधारित लिम्बुवान, किराँत, मधेश, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान रदलित/शिल्पीविशेष (१०+१) राष्ट्रिय समितिहरु रसातवटा प्रदेश स्तरीय संरचना (जसपाले भन्ने गरेको प्रशासननिक¬ संरचना) बीच शक्तिको बाँडफाँट र अधिकार क्षेत्रका बारेमा नेताहरुबीच फरक धारणा छन् ।

यी दुईखाले संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेश स्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको छ । समग्रमा पहिचानको मुद्दाबारे पुनर्विचार गरौं भन्ने आवाज उठ्न थालेको छ । यस अर्थमा पहिचानको मुद्दा जसपाको विधान अधिवेशनको पेचिलो विषय बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३